देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कांग्रेस कमजोर छैन, कसैको वैशाखी चाँहिदैन’ – शेखर कोइराला

0

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको उनको भनाइ छ ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि कम्युनिस्ट सहारा नचाहिने तर्क गरे ।  कांग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने उनको भनाइ थियो ।

‘नेपाली कांग्रेस कमजोर छैन । एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौं भन्ने आत्मविश्वास छ । कांग्रेसलाई कसैको बैशाखी चाहिएको छैन’, कोइरालाले भने ।

उनले पार्टीको निर्णय बिरुद्ध गठबन्धन भएको बताए । केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उनले निर्वाचनपछि सबैकुराको लेखाजोखा गर्ने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार