देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

0

काठमाडौं – नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठक शुक्रबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना रहेका छन् ।

बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाको विषयसहित निर्वाचनको रणनीतिका विषयमा छलफल हुने बताइएको छ

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार