देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस केन्द्रिय समितिको बैठक पुष ७ गते

0

काठमाडौं – नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरेको सन्दर्भमा काँग्रेसले छलफलको लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

बैठक पुस ७ गते मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने नेपाली काँग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने काँग्रेसले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार