देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

0

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । शुक्रबारबाट सुरु बैठक आज पनि बस्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजेबाट सुरु हुनेछ । कांग्रेसभित्र निर्वाचनमा गठबन्धन आवश्यक रहे/नरहेको विषयलाई लिएर फरकफरक मत छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताउँदै आएका छन् ।

नेता शेखर कोइराला भने पार्टीको आफ्नै विचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने धारणा राख्दै आएका छन् । गठबन्धनका कारण कांग्रेसको अवस्था भारतीय कांग्रेसकै जस्तो हुन्छ कि भन्ने आशंका पैदा भएको उनको धारणा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार