देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, साउनभित्र भ्रातृ संस्थालाई पूर्णता दिइने

0

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आगामी साउन मसान्तभित्र भ्रातृ संस्थाको पूर्णता दिने निर्णय गरेको छ।

सोमबार केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्दै काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको बताए।

उनका अनुसार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (९) (क) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाद्वारा तोकिएका महामन्त्री गगनकुमार थापा संयोजक रहेको ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ गठन गर्ने निर्णय गरेको छ।

यस्तै पार्टी केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा ‘केन्द्रीय अनुशासन समिति’ गठन गरेको छ। केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे संयोजकत्वमा ‘केन्द्रीय लेखा समिति’ गठन गर्ने निर्णय गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार