देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

0

ललितपुर– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहिबार दिउँसो १ बजे बस्ने बैठकमा मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा तथा तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी पुस ७ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

बैठकमा केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन तथा केन्द्रीय समितिको म्याद समाप्त भइसकेका भ्रातृ संगठनका विषयमा समेत छलफल हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार