देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने

0

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बस्ने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको बैठक आगामी २१ गते ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका हुन् ।

सो बैठक पार्टीको १४ औं महाधिवेशनको तयारीका बारेमा केन्द्रित रहने मुख्य सचिव पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

बैठकमा फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुन सक्ने कांग्रेसले जनाएको छ ।

यसअघि पहिलो पटक गत असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भएपनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार