देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक – के-के भए निर्णय ?

0

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार सम्पन्न भएको छ ।

पार्टी कार्यालय सानेपामा निर्वाचितहरुलाई प्रमाण पत्र वितरणपछि करिब १५ मिनेट मात्र बैठक बसेको बैठकले चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।

बैठकमा सभापति शेर बहादुर देउवाले क्रिसमस डेको शुभकामना दिंदै राष्ट्रिय सभा निर्वाचनका लागि भोलि आइतबार दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने बताए । उक्त प्रयोजनका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दलको तर्फबाट आधिकारिक रुपमा हस्ताक्षर गरेर दलको सबै विवरण बुझाउने र अध्यावधिक गर्ने जिम्मा दिने निर्णय गरेको छ ।

बैठकले १४औं महाधिवेशनमा विभिन्न ठाउँबाट आएर नेपाली कांग्रेसलाई शुभेच्छा प्रकट गर्ने राजनीतिक दलका नेता, अधिवेशन सफल पार्न खटिने निर्वाचन समिति, शुभेच्छुक तथा संचारमाध्यमहरुलाई धन्यवाद प्रकट गरेको महामन्त्री गगन थापाले संचारकर्मीहरुलाई जानकारी दिएका छन् ।

त्यस्तै बैठकले नेपाली कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरुको पार्टी सभापति देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय पनि गरेको छ । पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प पनि गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार