देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस गण्डकीमा संस्थापन इतरका शर्मा विजयी

0

पोखरा – कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश सभापतीमा शुक्रराज शर्मा विजयी भएका छन् ।

उनले प्रतिष्पर्धी अर्जुनप्रसाद जोशीलाई ८४ मतले पराजित गरेका हुन् । विजयी शर्माले ६ सय १२ मत पाए भने जोशीले ५ सय २८ मत पाए । विजयी शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् ।

यसैगरी एक उपसभापतिमा बाहेक अन्य पदाधिकारीमा शर्मा प्यानलका विजयी बने । संस्थापन पक्षका मेखलाल श्रेष्ठलेमात्र उपसभापतिमा जिते । शर्मा प्यानलकी कल्पना तिवारीले उपसभापतिमा जितिन् ।

महामन्त्रीमा शर्मा प्यानलकै विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठले बाजी मारे । यसैगरी सहमहामन्त्रीमा शर्मा प्यानलका कोपीला रानाभाट, रामचन्द्र जोशी र रमेशकुमार पाण्डेले विजयी हासिल गरेका छन् ।

एक हजार एक सय ६५ मतदातामध्ये एक हजार एक सय ४६ मत खसेको थियो । सभापतिमा निर्वाचित शर्मा २०४५ देखि २०६१ सम्म कास्की कांग्रेसको सभापति थिए । २०४८, २०५१ र २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी भए पनि उनी पराजित बनेका थिए ।

राष्ट्रिय सभा सदस्यसमेत भएका उनी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य पनि भएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार