देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस छिट्टै सरकारमा आउँछ – डा. महत

0

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्रि डा. प्रकाशशरण महतले देशमा यो गठबन्धन सरकार धेरै समय नटिक्ने बताएका छन्। उनले यो गठबन्धन स्वार्थका लागि मात्रै बनेको आरोप लगाएका छन्। 

नुवाकोटको विदुरमा आयोजित एक कार्यक्रममा डा.महतले एमाले र माओवादीको गठबन्धनको जग बलियो नरहेको बताए। ‘यो गठबन्धनको आधार नै अविश्वासिलो रहेको हुँदा दिगो हुने आधार म देख्दिनँ’, डा. महतले अगाडि भने।

उनले अहिलेको गठबन्धन दलको जग बलियो नरहेको आरोप लगाउँदै फेरि पनि कांग्रेस ढिलोचाँडो सरकारमा जाने बताए । उनले कांग्रेस पार्टी बलियो भए मात्र देश बलियो हुने बताए।

‘अहिलेको गठबन्धन लामो समय जालाजस्तो छाँटकाँट छैन, खुट्टी देख्दैमा चाल पाइयो, हेरम् कांग्रेस सरकारमा जाने समय पनि नजिक आउला। देशमा कांग्रेसले बाहेक विकासको नेतृत्व अरुले गर्न सक्दैन।’, उनले भने।

डा. महतले नयाँ भनिएका राजनीतिक दलहरुलाई खहरे खोलाको संज्ञा दिँदै त्यस्ता दलहरु क्षणिक रहेको बताए। देशमा अवसरवादी प्रवृत्ति हावी भएको महतले बताए। उनले अवसरवादी प्रवृत्तिका कारण देशले अनेक समस्या भोगिरहेको उल्लेख गरे। 

देशको राजनीति अवसरवाद, धोका, अस्थिरता र अन्यौलतामा गुज्रिरहेको डा. महतको भनाइ छ। उनले आफूले काम गरेको अवस्थामासमेत अवसरवादी चरित्र भएकाहरुले अनेक आरोप लगाएको दावी गरे। उनले नेपालमा ढिलोचाँडो कांग्रेस सरकारमा जानेसमेत बताए। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार