देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस जिल्ला सभापतिलाई हराउँदै धनगढीमाईमा एमाले विजयी

0

काठमाडौं – सिरहाको धनगढीमाई नगरपालिकाको मेयर पदमा नेकपा एमालेका शिवशंकर महतो विजयी भएका छन्। उनले नेपाली कांग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १५५ मतले पराजित गरेको हुन्।

उनी गाउँविकास अध्यक्ष हुँदै कांग्रेस क्षेत्रीय सभापति, जिल्ला उपभापति, दुई कार्यकाल सभापति र ०७० मा संविधान सदस्यमा निर्वाचित भएका थिए।

निर्वाचित भएका महतोले ७०५६ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी यादवले ६९०१ मत ल्याएका हुन्। निर्वतमान मेयर हरिनारायण चौधरी तेस्रो स्थानमा पुगेको छन्। उनले ४३६९ मत प्राप्त गरेको हुन्। जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट मेयर पदका उम्मेदवार भएका उतरबहादुर जर्घामगरले ९३८ मत ल्याएका हुन्।

उपमेयरमा नेपाली कांग्रेसकी संगीता कुमारी चौधरी निर्वाचित भएकी छन्। उनी एमालेकी उम्मेदवार शोभा बरालसँग २३५ मतान्तरले विजयी भएकोी हुन्। चौधरीले ६६१३ र बराल ६३७८ मत ल्याएकी हुन्। निर्वतमान उपमेयर फुलकुमारी श्रेष्ठले ४३१४ मत प्राप्त गरेकी छन्। जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट उपमेयर पदका उम्मेदवार भएका संजीवकुमार यादवले २०७९ मत ल्याएका हुन्।

१४ वडामध्ये ६ वटामा कांग्रेस, ३ वडामा माओवादी केन्द्र, २ वडामा एमाले, १ वडामा एकीकृत समाजवादी, १ वटामा जनमत पार्टी, १ वटामा जनता समाजवादी विजयी भएका हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार