देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्ल साधरण सदस्य समेत नरहने गरी हटाइए

0

काठमाडौं –  नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ललाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै पौडेललाई हटाएको जानकारी दिएका हुन्। मल्ल प्रदेशसभा सदस्य पनि हुन्।

साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दा विधान विपरीत मल्लले गरेका कामका विषयमा भने कारबाही पत्रमा खुलाइएको छैन।

‘नेपाली कांग्रेस डडेलधुराका निवर्तमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,’ मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनी महाधिवेशनदेखि पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट थिए। १४औँ महाधिवेशनमा देउवा पक्षले एकपक्षीय गरेको भन्दै डडेल्धुरामा उनले महाधिवेशन बहिष्कार गरेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार