देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस नेता खतिवडाद्वारा स्वास्थ्य सामग्री सहयोग

0

(ओखलढुंगा) – नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कोरोना भाइरसको रोकथामका लागि खटिएका ओखलढुंगाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कोरोना भाइरस विरुद्धको अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नेता खतिवडाले जिल्लाका आठ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

नेता खतिवडाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री पीपीई २७ थान, सर्जिकल मास्क १० हजार थान, पन्जा ३ हजार थान, साबुन, स्यानिटाइजर लगायत स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

कोरोनाको संक्रमण रोकथामका लागि स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखेर सो सामग्री सहयोग गरिएको नेता खतिवडाले बताए । यसअघि पनि नेता खतिवडाले विपन्न, मजदुरका परिवारका लागि आवश्यक खाद्यन्न लगायतका सामग्री उपलब्ध गराएका थिए ।

पूर्व सांसद समेत रहेका खतिवडाले ओखलढुंगाका सबै स्थानीय तहमा रहेर कोरोना भाइरसको संक्रमण रोकथामका लागि अहोरात्र खटिएका सबै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार