देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस नेता सिटौला कोरोना मुक्त

0

काठमाडौं – नेपाल सरकारका पुर्व उप प्रधानमन्त्री एवं कांग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला कोरोना मुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण विगत दस दिन देखि धुम्बाराही स्थित ह्याम्स अस्पतालमा उपचाररत कांग्रेस नेता सिटौला कोरोनालाई पराजित गर्दै आस अस्पतालबाट डिस्चार्ज भएका हुन ।

कोरोनाको संक्रमण देखिएपछी केहि समय घरमै आराम गरेका सिटौलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई दस दिन पहिला अस्पताल भर्ना गरिएको थियो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार