देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस नेतृत्वमा नयाँ गठबन्धनको तयारी हुँदैछ – कोइराला

0

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं माननिय सांसद डा. शेखर कोइरालाले छिट्टै कांग्रेस नेतृत्वमा सत्तागठबन्धन बन्ने दाबी गरेका छन् ।

शनिबार वसुन्धारामा बिपी स्मृति सामुदायिक अस्पतालको १६औँ वार्षिक साधारणसभामा बोल्दै उनले निरन्तरको अस्थिरतालाई रोक्न कांग्रेस गठबन्धन बनाउने प्रयत्न भइरहेको बताए ।

‘देशमा फेरि नयाँ गठबन्धन बन्छ केही दिन, महिनापछि । पक्कै बन्छ नै, किनकि हामी विपक्षमा छौँ । सत्तामा जान कोसिस गरिरहेका हुन्छौँ । त्यो स्वाभाविक पनि हो । निर्वाचन प्रणाली नै यस्तो छ कुनै पनि दलको बहुमत आउनै सक्दैन गठबन्धनमा जानैपर्ने हुन्छ,’ उनले भने । 

केन्द्रमा सत्ता परिवर्तनसँगै प्रदेशका सरकारसमेत निरन्तर अस्थिर हुने गरेको भन्दै निर्वाचन प्रणाली परिवर्तन हुनुपर्नेमा उनको जोड थियो ।

‘गठबन्धन बन्ने भत्कने गर्न थाल्यो भने देशको विकास कहिले गर्ने ? केन्द्रमा त हुने भयो । अब सातै प्रदेशमा पनि सरकार परिवर्तन हुँदै छ,’ उनले भने, ‘समानुपातिक समावेशी चरित्रलाई स्विकारेर कसरी जाने निर्वाचन प्रणालीलाई सुधार गरे जान सकिन्छ कि सकिँदैन ?’ 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार