देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक जारी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । आइतबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

बिहान ९ बजेबाट बुढानिलकण्ठस्थित देउवा निवासमा बसिरहेको बैठकमा सभापति एवं प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् ।

बैठकमा महाधिवेशनको तयारी, क्रियाशील सदस्यताको बल्झिएको विवाद समाधान, महाधिवेशन तयारीका लागि आवश्यक पर्ने विभिन्न समिति र उपसमितिहरु गठन लगायत समसामयिक राजनीतिक विषयहरुमा पार्टीले धारणा बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार