देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस पदाधिकारी बैठकले गर्‍यो यस्ता निर्णय

0

(काठमाडौं )  –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले समसामयिक विषयमा विभिन्न १६ बुँदे निर्णय गरेको छ।

देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले पैदल गाउँ गइरहेका नागरिक र सरकारको राहत, कोरोना परीक्षण र स्वास्थोपचार, स्वास्थ सामग्रीको अभाव र अनियमितता, विदेशमा रहेका नेपालीको विषयमा कांग्रेसले विभिन्न निर्णय गरेको छ।  बैठकपछि सार्वजनिक वक्तव्य जस्ताको तस्तै :

(१) राजधानी लगायतका शहरमा खान बस्न संकट भएपछि पैदल घर फर्किरहेका नागरिकलाई बीच बाटोमा पानी र खानाको ब्यवस्था गरिरहेका पार्टीका साथीहरू एवं स्थानीय तहको निर्वाचित नेतृत्वको सह्राना गर्दै बैठकले अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारलाई आग्रह गरेको छ । सरकारले ब्यवस्थापन गर्न ढिलाइ गरिरहँदा कहिँपनि कसैलाईपनि बाटोमा भोको पर्न नदिई गन्तव्यमा पुग्न सहजीकरण गर्न नेपाली कांग्रेसका साथीहरूलाई बैठकले अपील गरेको छ ।
(२) केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहतको बजेट अझैसम्म निर्धारित क्षेत्र र ब्यक्तिसम्म नपुगेको बिषयमा सरकारको ध्यानाकर्षण गराउने र तत्काल पु¥याउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।
(३) सत्तारूढ दलको नेतृत्व रहेका कयौं स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण ब्यवहार भएको प्राप्त विवरण अध्ययन पश्चात् बैठकले राहत वितरण कार्य न्यायोचित, पारदर्शी र ब्यवस्थित बनाउन आग्रह गर्दै स्थानीय तहमा सर्वदलीय अनुगमनको ब्यवस्था गर्न माग गरेको छ ।
(४) साना ठुला सबै ब्यवसायीहरुले ब्यहोरिरहेको प्रतिकूल स्थितिमा निश्चित अवधिको ब्याज मिनाहा देखि ब्याज घटाउने सम्मको निर्णयमा पुग्न सरकार र सम्बन्धित तह समक्ष माग गर्ने निर्णय बैठकले गरेको छ ।
(५) संक्रमितको संख्या बढ्दै गएको एवं लक डाउनको अघिल्लो साता नेपाल फर्केका दुई लाख बढी नागरिकको न्यून संख्या मात्रै क्वारेन्टाइनमा बसेको स्थिति दृष्टिगत गरेर परिक्षणलाई समुदाय स्तरमा पु¥याउन अत्यावश्यक बनेको ठहर बैठकले गरेको छ । अतः ‘घुम्ती परिक्षण शिविर’ मार्फत परिक्षणको दायरा र गति बढाउन बैठकले माग गरेको छ ।
(६) नियमित रुपले संचालित अस्पतालमा कोरोना परिक्षण र उपचार गरिंदा त्यसले संक्रमण ब्यापक फैलन भूमिका गरेको कतिपय देशको अनुभवबाट शिक्षा लिंदै ‘कोरोना उपचार केन्द्र’ को अलग ब्यवस्था गर्न बैठकले सरकार समक्ष माग गरेको छ ।
(७) अन्य रोगका बिरामीले यस बीचमा कयौं जिल्लामा सहज उपचार पाउन नसकेको बिषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
(८) फ्रन्ट लाइनमा रहेर कार्य गरिरहेका स्वास्थकर्मीहरुलाई कतिपय ठाउँमा हतोत्साहित गर्ने ब्यवहार भएको बिषयलाई गम्भीरतापूर्वक लिंदै बैठकले त्यस्तो स्थिति दोहोरिन नदिन एवं स्वास्थकर्मी र सुरक्षाकर्मी बीच कही पनि असमझदारी उत्पन्न हुन नदिन परिपक्व समन्वयका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
(९) स्वास्थकर्मीहरुलाई पर्याप्त गुणस्तरीय पीपिइ अझैपनि पु¥याउन नसकिएको बिषयलाई सरकारको गैह्र जिम्मेवारीको हदका रुपमा लिंदै बैठकले सबै अत्यावश्यक सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न र उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ ।
(१०) सामग्री खरिदको अनियमिततामा संलग्नलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन अघिल्लो बैठकले गरेको माग यो बैठकले पुनः दोहो¥याएको छ । साथै कुनैपनि प्रकृतिको दबाबबाट मुक्त रहेर अनुसन्धान गर्न बैठकले अपील गरेको छ ।
(११) कोरोनाको संक्रमणले बिदेशमा जीवन गुमाएका सबै नेपालीप्रति श्रद्धाञ्जली सहित बैठकले सम्बन्धित परिवारजन तथा नेपाली डायस्पोरामा समवेदना प्रकट गरेको छ । बैठकले उपचाररत स्वदेश र बिदेशका सबै नेपालीको सिघ्र स्वास्थलाभ कामना गरेको छ ।
(१२) बिदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी, ब्यवसायी एवं अप्ठ्यारोमा परेका सबै नेपालीको सुरक्षा र राहतका लागि उच्च स्तरीय कुटनैतिक पहल बढाउन बैठकले सरकारलाई आग्रह गरेको छ । नेपाली दूतावासहरुलाई नेपालीको हितमा बिशेष सक्रियता बढाउन तथा नेपाली जनसम्पर्क समिति, एनआरएन एवं अन्य सबै संस्थालाई साझा जिम्मेवारी बोधले कार्य गर्न अपिल गरेको छ ।
(१३) अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्न आवश्यक अध्ययन र तयारी शुरु गर्न बैठकले नेपाल सरकारलाई आग्रह गरेको छ । उद्धार पश्चात् देशभित्र गर्नुपर्ने ब्यवस्थापन बारे पूर्व तयारीमा ढिलाइ नगर्न पनि बैठकले सरकारलाई सजग गराएको छ ।
(१४) महाकाली पारी धार्चुला आइपुगेका नागरिक लगायत अन्य सिमा नाकामा अलपत्र परेका नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश दिने र क्वारेन्टाइनमा राख्ने कार्य अझैसम्म नगरिएकोमा सरकारप्रति दुःख व्यक्त गर्दै बैठकले मातृ शोकमा परेका युवालाई धार्चुलाबाट नेपाल ल्याई परिक्षण पश्चात् आमाको काममा सरिक हुन दिन र अन्य सबैलाई पनि क्वारेन्टाइनमा राख्ने गरि नेपाल ल्याउन पुनः माग गरेको छ ।

(१५) लक डाउन लम्बिनु संगै खाद्यान्नको अभाव बढ्दै जाने स्थिति दृष्टिगत गरेर अत्यावश्यक खाद्यान्न उत्पादनका लागि स्थानीय सरकारहरु मार्फत जरुरी छलफल, कृषकको स्वास्थ्य परिक्षण एवं कृषि क्षेत्रलाई आवश्यक राहतसम्मको प्रबन्ध गर्न र गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
(१६) बैशाख ६ गते नेपाल बिद्यार्थी संघको जन्मदिवसको अवसरमा आजको पदाधिकारी बैठकले नेविसंघको विगत र वर्तमानमा आवद्ध स्वदेश र बिदेशमा रहेका सबैलाई हार्दिक शुभकामना ब्यक्त गरेको छ । कोरोना संकटको आजको घडीमा नेपाली विद्यार्थीहरुले उच्च सतर्कता साथ आफ्नो ब्यक्तिगत एवं समुदाय र राष्ट्रको हितमा बिशेष जिम्मेवारीबोधका साथ कार्य गर्न बैठकले अपील समेत गरेको छ ।

जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार