देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस पदाधिकारी बैठक बस्दै,अधिबेशन, स्थानीय चुनाव र एमसीसीबारे छलफल हुने

0

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो साढे २ बजे बस्न लागेकाे हाे।

कार्यसम्पादन समिति बैठककाे तयारीस्वरुप पदाधिकारी बैठक बस्न लागेकाे प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए। यसअघि मंगलबार बसेकाे पदाधिकारी बैठकले कार्यसम्पादन समिति बैठकका एजेण्डा तय गरेकाे थियाे।

कांग्रेसका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा पनि सहभागी हुने अवस्थामा बैठक बालुवाटारमा बस्नेछ । देउवा सहभागी नहुने भए केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

सभापति देउवाबाहेकका पदाधिकारीले हिजो पनि सानेपामा छलफल गरेका थिए । आज सोही छलफललाई निरन्तरता दिन लागिएको ती पदाधिकारीले जानकारी दिए ।

बैठकमा स्थानीय चुनाव, भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुनेछ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार