देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस पदाधिकारी बैठक बस्दै

0

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको हो ।

पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न कांग्रेसका सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूलाई छलफलमा डाकेका हुन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्‍ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागिएको एक नेता बताए । बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने बताइएको छ ।

पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोही अनुसार महाधिवेशनन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ । 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार