देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस प्रदेश अधिवेशन : वागमती प्रदेशमा मतदान सुरु

0

हेटौंडा – नेपाली कांग्रेस वागमती प्रदेशको अधिबेशन अन्तर्गत नेतृत्व चयनका लागि हेटौडामा मतदान शुरु भएको छ।बिहान ९ बजेबाट मतदान हुने भनिए मतपत्र ढिला आउँदा  ४ बजेबाटमात्र मतदान शुरु भएको हो।

नेपाली काँग्रेसका नेता पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले पहिलो भोट हालेर मतदानको सूरुवात गरेका छन्। मतदान स्थलमा १३ जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई जिल्लागत रुपमा लाईनको व्यवस्था मिलाइएको छ ।

प्रदेश सभापतिका लागि इन्द्र बानियाँ, जगदिश्वर नरसिंह केसी र भिमशेन दास प्रधानबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रमुख निर्वाचन अधिकृत केशव काफ्लेका अनुसार राती १० बजे सम्म लाईनमा बस्नेलाई मतदान गर्न पाउने समय तोकिएको छ । त्यस्तै मतदान गर्न जाने प्रतिनिधिलाई मोबाइल फोन निषेध गरिएको र मतदान स्थल भित्र भोट माग्न पर्चा, पम्प्लेट ल्याउन नपाउने नियम राखिएको जनाइएको छ ।

निर्वाचन समितिले जारी गरेको उम्मेद्वारको अन्तिम सूचीअनुसार रसुवाका लामा कार्पु तामाङ र सिन्धुपाल्चोककी मसिना खड्का निर्विरोध चयन भएका छन्। लामा कार्पु र मसिना जिल्ला कोटाबाट उम्मेद्वार बनेका थिए।

प्रदेश अधिवेशनमा प्रदेशभित्र रहेका प्रत्येक जिल्लाबाट एक महिलासहित दुई जना सदस्य निर्वाचित हुने व्यवस्था छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार