देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी

0

काठमाडौं – नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन् । उनका प्रतिष्पर्धी राम सरोज यादवलाई १४१ मतान्तरले पराजित गर्दै उनि विजयी भएका हुन् ।

देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् भने विमलेन्द्र निधि र शेखर कोइराला समूहका सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे । पराजित यादव प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् ।

सभापति पदका लागि भएको मतदानमा २८ मत बदर भएको छ ।

नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन भने विवादका कारण रोकिएको थियो । जसअन्तर्गत बिहीबार मात्रै मतदान सम्पन्न भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार