देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस बागमती प्रदेशको सभापतीमा इन्द्र बानियाँ बिजयी

0

काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशको सभापतीमा इन्द्रबहादुर बानियाँ बिजयी भएका छन्। मत गणनाको सुरुवाति चरणमा अग्रता लिएका जगदिश्वर नरसिंह केसीलाई १५८ मतले पछि पार्दै बानियाँले जित हात पारेका हुन् ।

देउवा पक्षीय बानियाँले पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै प्रदेश सभापतिमा बाजी मारेका हुन् । अन्तिम मत परिणाम अनुसार बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी केसीले ९२७ मत प्राप्त गरेका छन् ।

शनिबार भएको निर्वाचनमा प्रदेश सभापतिको लागि ५० प्रतिशत बढी मत ३ जना उम्मेदवारले ल्याउन नसकेपछि आज फेरि मतदान भएको थियो । आज दिउँसो साढे १ बजे दोस्रो चरणको मतदान भएको थियो ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार