देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित

0

काठमाडौं – पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनका लागि निर्वाचन निर्देशिका छलफलका लागि प्रस्तुत गरेका छन् । सो निर्देशिकालाई सहमहामन्त्री डा. प्रकाशशरण महत र डा. मीनेन्द्र रिजालसहित निर्वाचन समितिले अन्तिम रूप दिएको थियो ।

बैठकमा महाधिवेशनको कार्यतालिका नै प्रस्तावको रूपमा पेस गर्ने तयारी रहेको बताइएको थियो । तर, बिहीबारको बैठकमा कार्यतालिकामाथि छलफल भएको छैन ।

प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा निर्वाचन निर्देशिका, क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन र अन्य राजनीतिक दल समायोजन समितिले गरेका निर्णयहरूमाथि छलफल सुरु भएको जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार