देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि परिवर्तन गर्ने तयारी

0

काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी, सदस्यता छानबिन समिति र संगठन समायोजन समितिका सदस्यहरूको बैठकमा आगामी भदौ ७ देखि १० गतेसम्म पार्टीको १४ औं महाधिवेशनका लागि तय कार्यतालिकामा केही परिवर्तन गर्नेबारे छलफल भएको हो ।

बैठकमा केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता प्रविष्ट (इन्ट्री) गर्ने र अन्य पार्टीबाट आएका सदस्यहरूको पार्टी संगठनमा समायोजन र क्रियाशील सदस्यता समायोजनबारे पनि केही समय बढाउने सहमति नेताहरूबीच भएको छ ।

बैठकमा सहभागी क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले अनौपचारिक बैठकमा महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्नेबारे छलफल भएको जानकारी दिए ।

कांग्रेसको ५ फागुनमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यताको सूची प्रक्रिया पूरा गरेर केन्द्रीय कार्यालयमा चैत मसान्तसम्म पठाइसक्नु पर्ने कार्यतालिका बनाएको थियो । त्यस समयमा आइनसक्ने भएकाले कम्तीमा १५ दिन थप्ने तयारी छ ।उक्त प्रस्ताव भोलि (सोमबार)को बैठकमा पेस गरिनेछ ।

आजको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी थिएनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार