देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस महाधिवेशनमा २९ मतपत्रमा मत हाल्नुपर्ने

0

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भागलिने महाधिबेशन प्रतिनिधिले २९ वटा मतपत्रमा मत हाल्नुपर्ने भएको छ ।

एक प्रतिनिधिले २९ मतपत्रमा मत हाल्दा ४५ मिनेटदेखि एक घण्टासम्म लाग्न सक्ने पार्टी केन्द्रीय महाधिवेशन प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए।

कागजी मतपत्रमा भोट हाल्दा धेरै समय लाग्ने भएकोले डिजिटल भोटिङको विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ ।

काठमाडौंको राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए । कांग्रेसको १४औं केन्द्रिय महाधिवेशनअन्तर्गत यही मंसिर २७ गतेदेखि उक्त स्थानमा मतदानको तयारी गरिएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार