देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस महाधिवेशन उद्घाटनसभामा क-कसले गर्दैछन् सम्बोधन ?

0

काठमाडौँ – शुक्रबार सुरु हुने कांग्रेसको १४औँ महाधिवेशनको सबै तयारी पूरा भएको छ। बिहीबार बेलुकासम्म मञ्चको सजावट गर्ने केही सीमित काम बाहेक सबै तयारी पूरा भएको महाधिबेशन आयोजक समितिले जनाएको छ।

शुक्रबार महाधिवेशनको उद्घाटन सत्रमा कार्यक्रमको उद्घोषण गर्ने जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्माले पाएका छन्।पार्टीका आठसहित जम्मा १५ जना नेताहरुले सम्बोधन गर्ने गरी कार्यक्रमको औपचारिक प्रारुप तयार भएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गर्ने तयारी भए पनि उनी अस्वस्थ भएपछि शर्माले महाधिवेशनको उद्घोषण गर्ने अवसर पाएका हुन्।

दिउँसो १ बजे औपचारिक रुपमा सुरु हुने कार्यक्रममा स्वागत गर्ने जिम्मेवारी काठमाडौँ कांग्रेसका सभापति सबुजकृष्ण बानियाँले पाउने भएका छन्।

कांग्रेसले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उपसभापतिद्धय विमलेन्द्र निधि, विजयकुमार गच्छादार, महामन्त्रीद्धय शशांक कोइराल, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत र कोषाअध्यक्ष सीतादेवि यादव लाई समय दिने तयारी गरसिएको छ ।

पदाधिकारी बाहेकका अरु कुनै पनि नेताले उद्घाटन सत्रमा सम्बोधनको अवसर पाउने छैनन्। सभापतिका आकांक्षी बनेका प्रकाशमान सिंह, शेखर कोइरालालगायतले पनि समय पाउने छैनन्।

पार्टीका नेताको मनतव्यपछि अरु दलका नेताहरुले महाधिवेशन सफलताको शुभकामना दिनेक्रम सुरु हुनेछ। जसमा सबैभन्दा पहिला नेकपा मालेका महासचिव सिपी मैनालीले समय पाउनेछन्। मैनालीपछि संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जसपाका अध्यक्ष उपेन्द्र यादवले शुभकामना दिनेछन्।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि क्रमैसँग समय पाउनेछन्।

ओलीपछि भाषण गर्ने पालो वरिष्ठ नेता पौडेलको हुनेछ। अन्तिममा महाधिवेशनमा सम्बोधन गरेर उद्घाटन सत्रको समापन सभापति देउवाले गर्नेछन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार