देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस महाधिवेशन : ६ प्रदेशमा अधिवेशन सम्पन्‍न, कहाँ कसले जिते ?

0
<p>फोटो साभार-ईकागज</p>

फोटो साभार-ईकागज

काठमाडौं – नेपाली कांग्रेसको ६ प्रदेशमा प्रदेश अधिवेशन सकिएको छ । जसअनुसार प्रदेश सभापतिमा केन्द्रीय सभापति शेरबहादुर देउवा प्यानलले ४ स्थानमा बाजी मारेको छ भने बरिष्ट नेता रामचन्द्र पौडेल प्यानलले २ प्रदेशमा जित हात पारेको छ ।

सोमबार बिहानसम्म घोषित परिणामअनुसार सभापति देउवा समूहले प्रदेश १, बागमती प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जित हात पारेका छन् ।

प्राप्त परिणाम अनुसार प्रदेश १ मा सभापति उद्धव थापा विजयी भएका छन् । थापाले प्रतिस्पर्धी पौडेल समूहका गुरु घिमिरेलाई २ मतले पराजित गर्दै प्रदेश सभापतिमा विजयी भएका हुन् । थापाले ८४४ मत ल्याएका छन्। १७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन्।

आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०२४ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् । २०२६ मत खसेकोमा १३ मत बदर भएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । संस्थापनइतर समूहका पुनले संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई हराएका हुन् । पदाधिकारीमा पुन प्यानलकै वर्चस्व देखिएको छ ।

त्यस्तै गण्डकी प्रदेशको सभापतिमा पौडेल पक्षका शुक्रराज शर्मा निर्वाचित भएका छन् । शर्माले देउवा प्यानलका प्रतिस्पर्धी अर्जुन जोशीलाई पराजित गरेका हुन् । निबार सम्पन्न निर्वाचनमा शर्माले ६ सय १३ मत ल्याउँदा जोशीले ५ सय २८ मत ल्याए ।

त्यस्तै कर्णाली प्रदेशमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही विजयी भएका छन् । शाहीले पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरेका हुन्। ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए। अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत ल्याए।

त्यस्तै सुदूरपश्चिममा देउवानिकट नेता बिरबहादुर बलायरले संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका हुन्। कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो  । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै ल्याए ।

प्रदेश नं. २ मा भने महाधिवेशनपछि प्रदेश अधिवेशन हुने जनाइएको छ ।

 

 

 

Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
linkedin sharing button
sharethis sharing button
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार