देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ बिहिबारबाट पुनः सुरु हुने

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाको ‘संवाद यात्रा’ पुनः सुरु हुने भएको छ । माघ २३ गते स्थगित भएको संवाद यात्रा महामन्त्री थापाले यही बिहीबार सुरु गर्न लागेको उनको सचिवालयले जानकारी दियो ।

हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी माघ १३ गते झापाबाट सुरु गरेको यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको माघ २२ गते निधनपछि उनले तत्कालका लागि स्थगित गरेका थिए ।

स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए । नवलपरासीको गोपीगञ्जबाट रोकिएको यात्रा त्यहीँबाट पुनः सुरु गर्ने महामन्त्री थापाको भनाइ छ ।

नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गर्ने तयारी रहेको महामन्त्री थापाको सचिवालयले जनाएको छ । संसद बैठक माघ १८ गते भएकाले संवाद यात्रा सो अघि नै सक्ने कार्यतालिका छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार