देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि समुहगत छलफल हुँदै

0
<p>फोटो &#8211; रासस</p>

फोटो – रासस

काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजदेखि छलफल शुरु हुँदैछ ।

सोमवारदेखि ललितपुरको गोदावरीमा शुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका थिए ।

बैठकमा पार्टीका उपसभापति तथा उपप्रधान/रक्षामन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए ।

समूहगत छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन मारिमार्जनसहित पारित हुनेछन् । मुख्यगरी गठबन्धनको विषयलाई लिएर विवाद रहेको कांग्रेस बैठकमा महामन्त्री थापाको गठबन्धन नगर्ने प्रस्तावले प्रवेश पाएको छ ।

सभापति शेरबहादुर देउवा, महामन्त्री थापा र अन्य केही नेताबीच विवादित विषयमा सहभागीको सुझावका आधारमा परिमार्जन गर्ने सहमतिपछि हिजो प्रतिवेदन पेस भएका हुन् ।

समूहगत छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन मारिमार्जनसहित पारित हुनेछन् ।  महासमिति बैठक पर्सि १० गतेसम्म चल्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार