देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस महोत्तरीको सभापतिमा यादव

0

काठमाडौं – नेपाली कांग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव विजयी भएका छन्। संस्थापन समूहबाट उम्मेदवार बनेका यादव दोस्रो चरणमा सहमतिमै सभापती भएका हुन्।

विधानअनुरुप सभापतिको शुक्रबार राती भएको गणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा अन्य दुई उम्मेदवार सुशील यादव र बजरंग नेपालीले नागेश्वर यादवलाई समर्थन गरेसँगै उनलाई मतदानबिनै विजयी घोषणा गरिएको हो।

पहिलो चरणको मत मरिणाममा १ हजार ११ मतसहित नागेश्वर यादव अग्रस्थानमा रहेका थिए। शुशील यादवले ७ सय ८२ र अर्का प्रतिद्वन्दी बजरंग नेपालीले ३ सय ६ मत ल्याएका थिए।

कुल मतदाता २ हजार २७६ रहेकोमध्ये २ हजार १३९ मत खसेको हो। उक्त मतमध्ये नागेश्वर यादव अग्र स्थानमा सुशिल यादव दोस्रो र बजरंग नेपाली तेस्रो भएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार