देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस रौतहट सभापतिमा सुनिल यादव विजयी

0

काठमाडौं – नेपाली कांग्रेस रौतहटको सभापति पदमा सुनिल यादव ( जितेन्द्र ) विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मत परिणाममा सुनिलले अर्का उम्मेदवार हृदय नारायण यादवलाई २ सय ९८ मतले पराजित गरेका हुन् ।

सुनिलले १ हजार ३६२ मत ल्याउँदा हृदयनारायण १ हजार ६४ मतमा चित्त बुझाउनु परेको थियो । संविधान सभा सदस्य समेत रहेका सुनिल संस्थापन पक्षका उम्मेदवार हुन् ।

त्यसैगरी उपसभापति पदमा सुनिल यादवकै प्यानलका धिरेन्द्र कुमार सिह र रामलोचन प्रसाद कलवार विजयी भएका छन् । सिंहले १ हजार २८७ मत र कलवारले १ हजार ३८३ मत प्राप्त गरेका छन् ।

यसैगरी सचिव पदमा १ हजार ३०९ मत ल्याएर राजेश कुमार चौधरी र १ हजार १४२ मत ल्याएर रामचन्द्र गिरी विजयी भएका छन् । चौधरी सुनिलको प्यानलबाट र गिरी हृदयनारायण प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।

यस्तै सहसचिव पदमा सुनिल यादव प्यानलबाटै मो. फिरोज आलम र सिकेन्द्र प्रसाद पटेल विजयी भएका छन् । आलमले १ हजार ३८३ र पटेलले १ हजार २४१ मत ल्याउन सफल भएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार