देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस वागमती प्रदेश अधिवेशन : सभापतिका उम्मेद्वार केसीले गरे प्यानलको घोषणा

0

हेटौँडा – नेपाली कांग्रेसको पहिलो वागमती प्रदेश अधिवेशनको लागि संस्थापन इतर समूहबाट प्रदेश सभापतिका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले आफ्नो प्यानलको घोषणा गरेका छन्।

बिहीवार साँझ बागमती प्रदेशको राजधानी हेटौँडामा केसीले आसन्न कांग्रेसको प्रदेश निर्वाचनमा आफ्नो प्यानलको घोषणा गरेका हुन्।

उनी नेतृत्वको प्यानलमा उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी तथा महामन्त्रीमा माइकल रामचन्द्र अर्याल र कञ्चन चन्द्र बादे रहेका छन्। केसी प्यानलको सह-महामन्त्री पदका उम्मेद्वारको भने टुङ्गो नलागेको र सहमति अन्तिम चरणमा रहेको जनाइएको छ।

कार्यक्रममा केसीले आफ्नो टिमलाई प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, गगन थापा लगायतका नेतृत्व पङ्क्तिको साथ रहेको बताएका छन्।

प्रदेशको प्रथम अधिवेशनमा २ हजार १ सय प्रतिनिधिले मतदान गर्नेछन्। अधिवेशन हेटौँडा-१० बन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार