देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस शीर्ष नेताहरुको बैठक आइतबर २ बजे

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। आइतबार दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा शीर्ष नेताहरुको बैठक बोलाइएको हो।

क्रियाशील सदस्यताको विवाद टुंग्याउनका लागि शीर्ष नेताहरुको बैठक बोलाइएको देउवानिकट स्रोतले  जनाएको छ ।

स्रोतका अनुसार क्रियाशील सदस्यका रुपमा सूचीकृत ८ लाखमध्ये करिब ३ लाख सदस्यका बारेमा विवाद रहेकोले उक्त विवाद मिलाउनका लागी सभापतीले बैठक डाकेका हुन् ।

पार्टी भित्रको विवादले सिन्धुपाल्चोक, बारा र बर्दियाबाट हालसम्म क्रियाशील सदस्य सूचीकृत हुन सकेका छैनन्। ५० जिल्लाको क्रियाशील सदस्य छानबिन समितिले टुङ्गो लगाएको छ।

२४ जिल्लाका क्रियाशील सदस्य छानबिन गर्न बाँकी छ। ती मध्ये १५ जिल्लाबाट परेका उजुरी गम्भीर प्रकृतिको भएको समितिले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार