देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस संसदिय दलद्वारा दशैं भत्ताबापतको ४३ लाख फिर्ता

0

काठमाडौं – नेपाली काँग्रेस संसदीय दलले आफ्नो दलबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्राप्त दशैं भत्ताबापतको ४३ लाख रुपियाँभन्दा बढी रकम फिर्ता गर्ने निर्णय गरेको छ ।

साथै सो रकम सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने निर्णय पनि गरेको जानकारी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबारले दिए। दलको निर्णयमा भनिएको छ, ‘‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु हुने संघीय संसद्का सदस्यलाई उपलब्ध गराइएको दशैँ भत्ताबापतको रकम नेपाली कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ ।’’

उक्त रकमबापत हुन आउने ४३ लाख २० हजार ८१० रुपियाँ जनताको उपचारका लागि संघीय संसद सचिवालयमार्फत कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी प्रमुख सचेतक खाणले दिए।

कोरोना परिक्षण निशुल्क गर –

नेपाल सरकारले कोरोना भाइरसको परीक्षण र उपचार स्वयम् नागरिकले आफैँ गर्नुपर्ने तथा सङ्क्रमितको घरमै एकान्तवास रहँदा मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने निर्णय गलत भएको भन्दै काँग्रेस संसदीय दलले सरकारको यो निर्णयले महामारीले विकराल रूप लिने भन्दै आपत्ति प्रकट गरेको छ ।

यसैगरी, सोमबार नै नेपाली काँग्रेस पार्टीले कोरोना परीक्षण र उपचार निःशुल्करूपमा गरेर महामारीबाट जनतालाई जोगाउन विशेष संवेदनशील हुन प्रधानमन्त्री र सरकारलाई अपील गरेको छ ।

कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो भन्दै प्रवक्ता शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा सङ्क्रामक रोग उपचारको कानूनी व्यवस्था अनुरूप सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन भनिएको छ ।

XMA Header Image

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार