देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस संसदीयदलको बैठक मंगलबार बस्दै

0

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

मंगलबार बिहान ९ बजे संघीय संसद भवनको ल्होत्से हलमा संसदिय दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार