देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस संसदीय दलको बैठक बस्दै

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार (आज) दिउँसो बस्ने भएको छ। कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वर संसदीय दलको कार्यालयमा बस्न लागेको हो।

प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा विद्युत् सम्बन्धी विधेयक, मुलुकको समसामयिक राजनीतिक अवस्था, इजरायलमा भएको आक्रमण र त्यसबाट इजरायलमा रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुनेछ।

कांग्रेसले आइतबार बिहान संसदीय दलको बैठकमा विशेषज्ञ र विज्ञसँग विद्युत् सम्बन्धी विधेयकमाथि छलफल गरेको थियो।

आज विधेयक बनाउनेक्रममा सरकार पदाधिकारीलाई पनि बोलाएर छलफल हुने र संसदमा संशोधन प्रस्ताव राख्ने कांग्रेसको तयारी छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार