देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस संसदीय दलमा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी

0

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।

सभापति शेरबहादुर देउवाका प्रस्तावकमा उपसभापति पूर्णबहादुर खड्का र समर्थक वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। यसअघि नेता पौडेलले आफू देउवाको प्रस्तावक बताएका थिए।

थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला तथा समर्थकहरूमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन्। कांग्रेस संसदीय दलको चुनाव बुधबार हुँदैछ।

संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ। कांग्रेसबाट प्रतिनिधि सभामा ८९ सांसद छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार