देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस सभापतिको मतगणना १० बजे देखि, १ बजेसम्म नतीजा आउने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं– नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान मंगलबार राती १० बजेदेखि सुरु हुने भएको छ।

मंगलबार राती ९ बजेसम्म मतदान हुने र त्यसको एक घण्टाभित्र मतगणना शुरू गरिने निर्वाचन समितिले जनाएको छ।

कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार, तोकिएको समयमा मतदान नसकिएको हुँदा एक घण्टा थप गरिएको छ।

निर्वाचन समितिले साढे ७ सम्म मतदानको लागि समय तोकेको थियो। तर, ७ः१५ बजेसम्म करीब २५० मत खस्न बाँकी छ। रिजालले भने, “मतदान सकिएको एक घण्टाभित्र गणना शुरू हुने र त्यसको बढीमा ३ घण्टाभित्र नतीजा आउनेछ।”

सभापतिको मतगणना सकिएपछि एक दिन निर्वाचन समितिले आराम गरेर बिहीबारदेखि मात्रै मतगणना सुरु गर्ने योजना बनाएको उनको भनाई छ।

मतदान भएपनि निर्वाचन समितिका सदस्य, उम्मेदवार र उनीहरूका प्रतिनिधिलेलगायतले आराम नपाएकाले उनीहरूको आरामका लागि एकदिनको समय छुट्याइएको उनको भनाइ छ।

राष्ट्रिय सभागृहमा दोस्रो चरण मतदानको मतगणना हुने भएपनि बाँकी पदको गणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार