देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस सभापति देउवाद्वारा तीन दलको बैठक आह्वान

0

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित देउवा निवासमा शुक्रबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् । नेताहरुका अनुसार देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन बारे दुबै दलको आधिकारिक धारणा माग्ने छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

शुक्रबारको बैठक नयाँ सरकार बनाउने बारे केन्द्रित हुने कांग्रेसका एक नेताले बताए । माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार