देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरूको बैठक

0

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।

संसद्‍मा पार्टीको भूमिकाबारे छलफल गर्न सभापति देउवाको निवासमा सोमबार बिहान बैठक बोलाइएको हो।

बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाइएको देउवाको सचिवालयले जनाएको छ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेको भन्दै कांग्रेसले त्यसबारे छलफल गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर संसद्‍मा अवरोध सिर्जना गर्दै आएको छ। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार