देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस सम्पर्क समितिद्वारा क्यान्सर पिडितलाई सहयोग

0

काठमाडौं – नेपाली काङ्ग्रेस सिन्धु – काठमाडौं सम्पर्क समिति निर्वाचन क्षेत्र न २ ले क्यान्सर पिडितलाई नगद सहयोग गरेको छ ।

समितिका सभापति उध्दब बानियाँले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ९ का नारायण थापा मगर को छोरा बर्ष १५ का सुशील थापा मगर लाई नगद रु १३००० हजार सहयोग हस्तान्तरण गरेका हुन् ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत क्यान्सर पीडित थापा मगरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाकारण स्वयम उपचार गर्न असमर्थ रहेकोले सहयोग गरिएको सभापति बानियाँले बताए ।

साथै बानियाँले समितिले यस्तै दुखि पिडितको सहगयोग गर्नेक्रम निरन्तर गरिरहने हुँदा इच्छुक महानुभाव हरुलाई सकेको सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार