देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस सर्लाहीको मतदान अनिश्चितकालका लागि स्थगित

0

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीको नेतृत्व चयनका लागि सोमबार गर्ने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्ला कार्यसमिति चयनका लागि सोमबार सदरमुकाम मलंगवामा हुने भनिएको मतदान अनिश्चितकाल लागि स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले एक विज्ञप्ति जारीगर्दै जानकारी दिएका हुन् ।

जिल्ला सभापति पदकालागी संस्थापन पक्षबाट सुरेन्द्र सिंह र इतर समूहबाट लक्ष्मण राय यादवको उम्मेदवारी परेको छ ।

निर्वाचन विशेष परिस्थितिका कारण गराउन नसक्ने अवस्था सिर्जना भएकोले अर्को सूचना प्रकासित नभएसम्मका लागि निर्वाचनको सम्पूर्ण कार्यतालिका स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार