देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस सिन्धुपाल्चोकको कार्यसम्पादन बैठक सम्पन्न

0

काठमाण्डौं – नेपाली कांग्रेस सिन्धुपाल्चोकको कार्यसम्पादनको बैठक काठमाण्डौंमा सम्पन भएको छ।शनिबार राजधानीमा नेपाली कांग्रेस जिल्ला सभापति विकाश लामाको अध्यक्षतामा कार्यसम्पादन को बैठक सम्पन्न भएको हो।

कार्यसम्पादनको बैठक मा आगमी १४ औ जिल्ला अधिवेशन, पार्टीमा प्रवेश गरेका नवप्रवेशि हरु को व्यबस्थापन ,कृयाशिल सदस्याता वितरण ,जिल्ला मा जहिले पनि विपत्ति को ओइरो लगातार भएकोले विपद व्यबस्थापन मा पार्टीको भुमिका बारे छलफल भएको सभापति लामाले जानकारी दिए।

यसैबिच शनिबारको बैठकमा जिल्ला सदरमुकाम चौतारामा निर्माणाधीन विपि अध्ययन केन्द्रको लागि आर्थिक सहयोग प्राप्त भएको छ। समाजसेवी एवम् कांग्रेस नेता राजेन्द्र बहादुर गोर्खाली (राजु) ले सिन्धुपाल्चोक विपि अध्ययन केन्द्र भवन निर्माणका लागि १० लाख सहयोग प्रदान गरेको नेपाली कांग्रेस सिन्धुपाल्चोकका सह-सचिव अनुप न्यौपानेले जानकारी दिए ।

सह-सचिव न्यौपानेका अनुसार कार्यसम्पादन बैठकमा पुर्व जिल्ला सभापती भुपेन्द्र थापा, उपसभापति शिव सुनार, सचीव बिल बहादुर तामाङ , कोषाध्यक्ष पासाङ दोङ, क्षेत्रीय सभापति आइतमान तामाङ ,महाधिवेशन प्रतिनिधि एवम् इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ, प्रदेश सांसद निमा लामा, नेबिसंघ महामन्त्री बलदेव तिमल्सिना, कांग्रेस नेता बिष्णु विक्रम थापा, इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा लामा  लगायतका जिल्ला नेताहरु सहभागि भएका थिए।

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार