देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस केन्द्रीय सहमहामन्त्रीमा उठ्ने सिन्धुपाल्चोक सभापति लामाको घोषणा

0

काठमाडौं – नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले केन्द्रीय सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

कांग्रेसको संस्थापन इतरपक्षका नेता लामाले आरक्षण कोटामा पर्ने जनजातितर्फको सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

आफूसँग राम्रो कांग्रेस बनाउने योजना रहेको दाबी गर्दै लामाले भने ‘१४ औं  महाअधिवेशनमा मेरो दाबी (जनजाति तर्फ) सहमहामन्त्री  रहनेछ,’। आफुले त्यतिकै हचुवाको भरमा नभइ योजना सहित मैदानमा उत्रिने बताउँदै लामाले भने  ‘कांग्रेसलाई देशकै नम्बर वान पार्टी बनाउने योजनासहित म चुनावी मैदानमा आउनेछु,’।

लामाले विगत देखिनै सभापति शेरबहादुर देउवाको एकलौटीविरुद्ध संस्थापन इतरका जिल्ला सभापतिहरुको भेलामा  सक्रिय रुपमा नेतृत्व गर्दै आएका छन्।

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार