देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र पारित

0
<p>तस्बिर : सरोज बैंजु</p>

तस्बिर : सरोज बैंजु

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले स्थानीय तह निर्वाचन घोषणापत्र पारित गरेको छ।

महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित तयारी समितिले तयार पारेको घोषणापत्रको मस्यौदालाई कार्यसम्पादन समिति सदस्यका सुझावहरु समेटेर पारित गरेको हो।

बुधबार अपराह्न केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केही सुझावहरु समेटेर मस्यौदा पारित गरेको कार्यसम्पादन समिति सदस्य एनपी साउदले बताए ।

उनकाअनुसार सदस्यहरुले घोषणापत्र परिमार्जनका लागि विभिन्न सुझाव दिएका दिए। तिनलाई समेटेर पारित गरिएको हो । ‘विशेषगरी बेरोजगारीको मुद्दा, लागुऔषध दुर्व्यसन निर्णयको मुद्दा पनि समेट्न सुझाव दिएँ,’ उनले भने।

तयारी समितिले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ। तर नेता साउदले भने ११ गतेअगाडि नै पनि सार्वजनिक हुनसक्ने बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार