देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस १४ औं महाधिवेशन – नयाँ नेतृत्वका लागि मतदान हुँदै,को-को छन् उम्मेदवार ?

0

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पदाधिकारी र सदस्यका लागि मतदान हुँदैछ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भएको छ।

समितिका अनुसार महाधिवेशनस्थलको राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ।

भृकुटीमण्डपको हलमा प्रदेश नं १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधि र भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ।

प्रत्येक ठाउँमा विभिन्न तहका २९ वटा मतपत्र र २९ वटा बाक्सा हुनेछन्। मतदानका सबै प्रक्रिया सकिएपछि मतगणना सुरु हुने र मतगणना सम्पन्न गर्न कम्तीमा एक साता लाग्ने अनुमान निर्वाचन अधिकृत भरतराज उपाध्यायको छ।

निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्।

१३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन्। महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ।

को-को छन् उम्मेदवार ?

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार