देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालीका सार्वजानिक

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडाैं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो प्रस्ताव गरेको हो ।

यो प्रस्तावबारे छलफल गर्न कांग्रेसले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

कांग्रेसको नियमित कार्यकाल चार वर्ष सकेर सभापति देउवाले थपेको डेढ वर्षे कार्यकालपनी भदौमा सकिँदैछ ।

असार २० गतेभित्र क्रियाशील बारेका बिबाद हेरेर केन्द्रीय सभापतिलाई विवरण बुझाउनुपर्ने प्रस्ताव छ ।

यस्तै सभापतिले उक्त विवरण हेरेर हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिलाई क्रियाशील बुझाउने समय असार २४ का लागि प्रस्ताव गरिएका छन् ।

यस्तो छ अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका:

गाउँ/नगर वडा अधिवेशन: २०७८ साउन ६ गते ।

गाउँ/नगरपालिका अधिवेशन: साउन ११ गते ।

प्रदेश सभा क्षेत्रीय अधिवेशन: साउन १६ गते ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २० गते ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २४ गते ।

प्रदेश अधिवेशन: भदौ १ र २ गते ।

केन्द्रीय महाधिवशेन: भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार