देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडाैँ उपमेयरमा सुनिता चार गुणा मतसहित अगाडी

0

काठमाडाैं – काठमाडाैँ महानगरपालिकाको मेयरमा एमालेबाट सुनिता डंगोलले भारी मतले अग्रता लिएकी छन्।

निर्वाचन आयोगले दिएको आधिकारिक तथ्यांङअनुसार डंगोलले ५२० मत प्राप्त गरेकी छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत पाएका छन्।

मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साहले ४०२ मत प्राप्त गर्दा एमालेका केवश स्थापितले ३१९ मत ल्याएका छन्।कांग्रेसकी सिर्जना सिंहले २०२ मत पाएकी छन्।

वडा नम्बर १ र ३२ को १ हजार मत र वडा नम्बर २ को १८० मत गणना हुँदा यो परिणाम देखिएको हो। अहिले यी वडासँगै वडा नम्बर २ र ४ को मतगणना जारी छ। तर ती वडाको आधिकारिक परिणाम सार्वजनिकभएको छैन।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार