देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौँमा झर्‍यो मेलम्ची, चौथोपटक उद्घाटन

0

काठमाडौं – काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका छन्।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए।

सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने उनले बताए।

अहिले मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आएको हो ।

सुरुमा मेलम्चीको पानी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गरेका थिए ।

त्यसपछी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते भृकुटीमण्डपमा काठमाडौँमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरिन् ।

त्यस पछी २०७९ मङ्सिर २३ गते तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँको महाँकाल वितरण केन्द्रबाट पुनः पानी वितरणको शुभारम्भ गरेका थिए । अहिले प्रधानमन्त्रीले चौथो पटक पानी पुनः वितरणको शुभारम्भ गरेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार