देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंका पेट्रोल पम्पमा पहेंलो रङ र निःशुल्क शौचालय

0

काठमाडौं – काठमाडौं महानगरपालिका क्षेत्रका पेट्रोल पम्पहरूमा एउटै पहेंलो रङ लगाइएको छ । महानगरले एक महिना अघिदेखि महानगरभित्रका सबै पेट्रोल पम्पहरूलाई समान पहिचान सङ्केत दिनका लागि पहेंलो रङ लगाएको हो ।

महानगरकाअनुसार सबै पेट्रोल पम्पले पहेंलो रङसँगै शौचालयहरू नियमित सरसफाई गरी निःशुल्क सेवा सुविधा उपलब्ध गराउने छन् ।

मेयर बालेन्द्र शाहले उपभोक्तालाई शुद्ध पेट्रोलियम पदार्थ सहज र सुरक्षित उपलब्ध गराउने, पेट्रोल पम्पसँग जोडिएका सडक पूर्वाधार तथा सडक उपयोगको सुविधा व्यवस्थापनका लागि प्रतिबद्ध रहेको भन्दै तत्काल, मध्यकाल र दीर्घकाल गरी चरण चरणमा काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

पेट्रोल पम्पहरूले सबैका लागि सफा शौचालय निःशुल्क उपलब्ध गराएका छन् । यसको सङ्केत चिन्हका रूपमा महानगरपालिकाले नीलो पृष्ठभूमिमा निःशुल्क शौचालय लेखिएको गोलो परिचय पाटी राखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार